Burning urine
समीक्षित

पिसाब गर्दा पोल्नु वा दुख्नु (Burning Urine)

पिसाब गर्दा पोल्ने, जलन हुने, वा दुख्ने समस्या धेरै व्यक्तिमा देखिन सक्छ। यसको सामान्य कारण पिसाबको संक्रमण अर्थात् युरिनरी ट्र्याक्ट इन्फेक्सन (UTI) हुन सक्छ। तर एसको अरु कारणहरुमा यौनसम्पर्कबाट सर्ने संक्रमण (STI), प्रोस्टेटको समस्या, पत्थरी, पानीको कमी, वा अन्य पिसाबसम्बन्धी समस्याहरु पर्न सक्छ।

पिसाब गर्दा पोल्नु सधैं सामान्य UTI मात्र हो भनेर सोच्नु हुँदैन। सही कारण उमेर, गर्भावस्था, अन्य लक्षण, औषधि, तथा यौनसम्पर्कको इतिहासमा निर्भर हुन्छ।

खतराका संकेत

पिसाब गर्दा पोल्नेसँगै तलका कुनै लक्षण भएमा तुरुन्त नजिकको अस्पताल जानुहोस्, वा एम्बुलेन्स सेवा उपलब्ध भएमा १०२ मा फोन गर्नुहोस्:

ज्वरो, चिसो लाग्नु, काँप्नु, वा धेरै अस्वस्थ महसुस हुनु

करङको तल ढाड वा कोखामा दुख्नु

बारम्बार बान्ता भइ राख्नु जसको कारणले पेटमा झोलपदार्थ राख्न नसक्नु

अलमलिनु, बेहोस हुनु, धेरै चक्कर लाग्नु, वा अत्यधिक कमजोरी हुनु

पिसाब नै नआउनु, पेटको तल्लो भाग धेरै दुख्नु, वा पेट फुलेको जस्तो हुनु

पिसाबमा रगत देखिने सँगै धेरै दुखाइ वा अस्वस्थ महसुस हुनु

गर्भावस्थामा ज्वरो, ढाड दुखाइ, वा पिसाबसम्बन्धी लक्षण हुनु

अण्डकोष, स्क्रोटम, वा पेटको तल्लो भागमा धेरै दुख्नु

बच्चाहरुमा- बच्चा धेरै अस्वस्थ हुनु, धेरै निद्रालु हुनु, दूध वा पानी नपिउनु, बान्ता हुनु, वा पिसाब धेरै कम हुनु

यी लक्षण मिर्गौलाको संक्रमण, पिसाबको बाटो बन्द हुनु, गम्भीर संक्रमण, पत्थरी, वा अन्य गम्भीर समस्याको संकेत हुन सक्छन्।

यो पृष्ठले के बताउन सक्दैन

यस पृष्ठमा पिसाब गर्दा पोल्नु वा दुख्नुबारे सामान्य जानकारी मात्र दिइएको छ। यसले यसको कारण UTI, मिर्गौलाको संक्रमण, यौनसम्पर्कबाट सर्ने संक्रमण, पत्थरी, प्रोस्टेटको समस्या, जननाङ्गको संक्रमण, वा अन्य समस्या हो कि होइन भन्ने निश्चित गर्न सक्दैन।

यस पृष्ठले एन्टिबायोटिक चाहिन्छ कि चाहिँदैन, कुन औषधि उपयुक्त हुन्छ, वा पिसाब परीक्षण, STI परीक्षण, रगत परीक्षण, स्क्यान, वा तुरुन्त अस्पताल उपचार आवश्यक छ कि छैन भन्ने पनि बताउन सक्दैन।

रोगको सही पहिचान र व्यक्तिगत उपचारका लागि डाक्टरसँग परामर्श गर्नुहोस्।

Common causes of burning urine include:

� A bladder or lower urinary tract infection
� A kidney infection
� Sexually transmitted infections, such as chlamydia or gonorrhoea
� Vaginal infection, dryness, irritation, or reaction to soaps and products
� Prostate infection or inflammation
� Kidney or bladder stones
� Dehydration, which can make urine more concentrated and irritating
� Injury or irritation around the urethra
� Some medicines or recent urinary procedures

Burning urine matters because infections can sometimes spread to the kidneys or bloodstream. Symptoms in men, pregnant people, children, older people, and people with diabetes may need earlier assessment.

सामान्य कारणहरू

पिसाब गर्दा पोल्ने वा दुख्ने सामान्य कारणहरूमा:

पिसाबथैली वा पिसाबको तल्लो भागको संक्रमण

मिर्गौलाको संक्रमण

यौनसम्पर्कबाट सर्ने संक्रमण जसलाई Sexually transmitted infections (STI) भनिन्छ, जस्तै क्लामाइडिया वा गोनोरिया

योनी वा योनाङ्ग वरिपरि संक्रमण, सुख्खापन, जलन, वा साबुन वा सुगन्धित सामग्रीको प्रतिक्रिया

प्रोस्टेटको संक्रमण वा सूजन

मिर्गौला वा पिसाबथैलीको पत्थरी

शरीरमा पानीको कमी, जसले पिसाब गाढा र पोल्ने बनाउन सक्छ

पिसाब निस्कने नली वरिपरि चोट वा जलन

केही औषधि वा हालै गरिएको पिसाबसम्बन्धी प्रक्रिया

संक्रमण कहिलेकाहीँ मिर्गौला वा रगतसम्म फैलिन सक्छ त्यसैले यो लक्षण महत्त्वपूर्ण छ। पुरुष, गर्भवती व्यक्ति, बालबालिका, वृद्धवृद्धा, मधुमेह भएका व्यक्ति, वा मिर्गौलाको समस्या भएकाले चाँडै भन्दा चाडै जाँच गराउनु पर्छ।

घरमै गर्न सकिने हेरचाह

डाक्टरसँग जाँचको व्यवस्था गर्दै गर्दा र हल्का लक्षण भएमा:

शरीरमा पानीको कमी नहोस् भनेर पर्याप्त पानी पिउनुहोस्, तर स्वास्थ्यकर्मीले कुनै अरु कारणले गर्दा पानी को मात्रा सीमित गर्न भनेको छ भने त्यसैअनुसार गर्नुहोस्।

पिसाब लागेमा धेरै बेर रोकी नबस्नुहोस ।

योनाङ्ग वरिपरिको भाग सफा राख्नुहोस्। सादा पानी प्रयोग गर्नु नै राम्रो हुन्छ।

सुगन्धित साबुन, स्प्रे, बबल बाथ, वा जलन बढाउने उत्पादनबाट बच्नुहोस्।

योनाङ्गबाट असामान्य पानी/पिप आउँछ, घाउ छ, यौनसम्पर्कबाट संक्रमण हुन सक्ने सम्भावना छ, वा यौनसम्पर्क गर्दा दुख्छ भने जाँच नभएसम्म यौनसम्पर्कबाट टाढा रहनुहोस्।

उपयुक्त दुखाइ कम गर्ने औषधिबारे डाक्टरसँग सोध्नुहोस्।

बाँकी रहेको एन्टिबायोटिक नखानुहोस्, अरूको एन्टिबायोटिक प्रयोग नगर्नुहोस्, वा स्वास्थ्यकर्मीको सल्लाहबिना एन्टिबायोटिक सुरु नगर्नुहोस्।

कहिले डाक्टर देखाउने

तलको अवस्थामा सकेसम्म चाँडै डाक्टर सँग जाँच गराउनुहोस्:

पिसाब गर्दा पोल्ने समस्या एक-दुई दिनभन्दा बढी रहन्छ

लक्षण बढ्दै जान्छ वा बारम्बार दोहोरिन्छ

बारम्बार, हतारहतार, वा राति धेरै पटक पिसाब लाग्छ

पिसाब धमिलो, धेरै गन्हाउने, गाढा, वा रगत मिसिएको छ

पेटको तल्लो भाग, ढाड, कोखा, वा कम्मरको भाग दुख्छ वा ज्वरो आउछ

योनी वा लिंगबाट असामान्य पानी/पिप आउँछ, घाउ छ, वा यौनसम्पर्कबाट संक्रमण हुन सक्ने सम्भावना छ

तपाईं गर्भवती हुनुहुन्छ

तपाईं पुरुष, बालबालिका, वृद्धवृद्धा, मधुमेह, मिर्गौलाको रोग, क्याथेटर, वा कमजोर प्रतिरक्षा प्रणाली (immunity)भएको व्यक्ति हुनुहुन्छ

पहिले पटकपटक UTI भएको वा मिर्गौलामा पत्थरी भएको इतिहास छ

नयाँ यौन साथी वा असुरक्षित यौनसम्पर्कपछि लक्षण सुरु भएको छ

A doctor or qualified health professional may ask about:

� When the burning started and whether it happens every time you pass urine
� Frequency, urgency, night-time urination, difficulty passing urine, or incomplete emptying
� Fever, back pain, lower abdominal pain, blood in urine, discharge, itching, sores, or genital pain
� Pregnancy, sexual history, recent new partners, contraception, and possible STI exposure
� Previous UTIs, stones, prostate problems, kidney problems, diabetes, or urinary procedures
� Regular medicines, allergies, and recent antibiotic use

They may examine the abdomen, back, genital area, or prostate where appropriate. Tests may include a urine dipstick or culture, pregnancy test, STI tests, blood tests, ultrasound, or other scans depending on the symptoms.

डाक्टरले के जाँच गर्न सक्छन्

डाक्टर वा योग्य स्वास्थ्यकर्मीले यी कुराबारे सोध्न सक्छन्:

पिसाब गर्दा पोल्न कहिलेदेखि सुरु भयो र हरेक पटक पिसाब गर्दा हुन्छ कि हुँदैन

बारम्बार पिसाब लाग्ने, हतारमा पिसाब लाग्ने, राति उठेर पिसाब लाग्ने, पिसाब गर्न गाह्रो हुने, वा पिसाब पूरा ननिस्केको जस्तो लाग्ने समस्या

ज्वरो, ढाड दुखाइ, पेटको तल्लो भाग दुख्ने, पिसाबमा रगत, असामान्य पानी/पिप, चिलाउने, घाउ, वा जननाङ्ग दुख्ने समस्या

गर्भावस्था, यौनसम्पर्कको इतिहास, नयाँ यौन साथी, गर्भनिरोधक, वा STI हुन सक्ने सम्भावना

पहिले भएको UTI, पत्थरी, प्रोस्टेट समस्या, मिर्गौलाको समस्या, मधुमेह, वा पिसाबसम्बन्धी प्रक्रिया

नियमित औषधि, औषधिको एलर्जी, र हालै प्रयोग गरेको एन्टिबायोटिक

उहाँहरूले पेट, ढाड, जननाङ्ग, वा आवश्यक परे प्रोस्टेटको जाँच गर्न सक्छन्। लक्षणअनुसार पिसाब परीक्षण वा कल्चर, गर्भ परीक्षण, STI परीक्षण, रगत परीक्षण, अल्ट्रासाउन्ड, वा अन्य स्क्यान आवश्यक पर्न सक्छ।

नेपालको सन्दर्भ

नेपालमा पिसाब गर्दा पोल्ने वा दुख्ने समस्या भए नजिकको स्वास्थ्य चौकी, क्लिनिक, प्राथमिक स्वास्थ्य सेवा केन्द्र, वा अस्पतालमा जाँच गराउनुहोस्, विशेष गरी लक्षण धेरै भएमा, बारम्बार दोहोरिएमा, ज्वरो, ढाड दुखाइ, पिसाबमा रगत, गर्भावस्था, वा असामान्य पानी/पिपसँगै भएमा।

आकस्मिक चेतावनीका लक्षण भए तुरुन्त नजिकको अस्पताल जानुहोस्। एम्बुलेन्स सेवा उपलब्ध भएको ठाउँमा १०२ मा सम्पर्क गर्न सकिन्छ।

जाँचका लागि जाँदा आफूले खाइरहेका औषधि, पुराना प्रेस्क्रिप्सन, पिसाब परीक्षण वा स्क्यान रिपोर्ट, र औषधिको एलर्जीसम्बन्धी जानकारी साथमा लैजानुहोस्।

राख्न उपयोगी रेकर्डहरू

डाक्टरलाई समस्या बुझ्न सजिलो होस् भनेर यी विवरण राख्नु उपयोगी हुन सक्छ:

लक्षण सुरु भएको मिति र कति पटक भइरहेको छ

ज्वरो, ढाड दुखाइ, पेटको तल्लो भाग दुखाइ, पिसाबमा रगत, असामान्य पानी/पिप, वा जननाङ्गमा घाउ छ कि छैन

दिन वा रातमा कति पटक पिसाब हुन्छ र पिसाबथैली पूरा खाली भएको महसुस हुन्छ कि हुँदैन

नयाँ यौन साथी, कन्डोम प्रयोग, वा STI हुन सक्ने सम्भावना

पानी पिउने मात्रा र कुन साबुन वा उत्पादनले जलन बढाउँछ

पहिलेका UTI, मिर्गौलाको पत्थरी, गर्भावस्थामा भएको संक्रमण, वा पिसाबसम्बन्धी प्रक्रिया

नियमित औषधि, पहिले खाएको एन्टिबायोटिक, औषधिको एलर्जी, र परीक्षणका रिपोर्ट

महत्त्वपूर्ण सूचना

यो जानकारी सामान्य स्वास्थ्य जानकारीका लागि मात्र हो। यसलाई डाक्टरको सल्लाह, जाँच, निदान, उपचार वा आपतकालीन सेवाको विकल्पका रूपमा प्रयोग गर्नु हुँदैन।