आपतकालीन चेतावनी संकेतहरू: यदि कसैको अवस्था गम्भीर छ वा ज्यान जोखिममा छ भने तुरुन्त नजिकको अस्पताल वा स्वास्थ्य संस्थामा जानुहोस्। नेपालमा एम्बुलेन्सका लागि १०२ र प्रहरीका लागि १०० मा सम्पर्क गर्नुहोस्।
Seizure
समीक्षित

छारे रोग /दौरा / मिर्गी (Seizure )

नेपालमा झट्का, दौरा, छारे, मिर्गी, बेहोस हुनु, र कम्पनजस्ता शब्दहरू कहिलेकाहीँ एउटै अर्थका लागि प्रयोग गरिन्छन्, तर तिनको अर्थ चिकित्सकको लागि फरक हुन सक्छ।

  1. झट्का / दौरा पर्नु - Seizure / Fit: मस्तिष्कको गतिविधिमा अचानक परिवर्तन हुँदा शरीर कडा हुने, काँप्ने, अनियन्त्रित रूपमा हल्लिने, एकोहोरो हुने, प्रतिक्रिया नदिने, वा होशमा परिवर्तन आउने घटना हो।
  2. मिर्गी / मिर्गी रोग - Epilepsy: बारम्बार तर कारण नखुलेका दौरा पर्ने प्रवृत्ति भएको दीर्घकालीन मस्तिष्कसम्बन्धी अवस्था हो।
  3. छारे / छारे रोग - Traditional term for epilepsy: मिर्गी वा पटकपटक दौरा पर्नेलाई जनाउने पुरानो बोलचालको शब्द हो। यसले केही व्यक्तिमा नकारात्मक धारणा पैदा गर्न सक्छ, त्यसैले "मिर्गी" भन्ने शब्द प्रयोग गर्नु उपयुक्त हुन सक्छ।
  4. बेहोस हुनु वा कम्पन हुनु - Loss of consciousness / Trembling: होश गुम्नु वा शरीर काँप्नुका अरू धेरै कारणहरु हुन सक्छन्। यी लक्षण सधैं दौरा वा मिर्गीको संकेत हुँदैनन्।

seizure ( झट्का) आउनु सधैं छारे रोग (मिर्गी) का कारण मात्र हुँदैन। बालबालिकामा ज्वरो आउँदा, बयस्कहरुमा रगतमा चिनी कम हुँदा, टाउकोमा चोट लाग्दा, संक्रमण हुँदा, स्ट्रोक हुँदा, मदिरा वा लागूपदार्थ छोड्दा, गर्भावस्थामा जटिलता हुँदा, वा अन्य स्वास्थ्य समस्याका कारण पनि Seizures आउन सक्छ।

केही Seizure हरु केही मिनेटमै रोकिन्छन् र व्यक्ति सामान्य आवस्थामा फर्किन्छन । तर पहिलो पटक Seizure आउनु, ५ मिनेटभन्दा बढी चल्नु, पटकपटक आइराख्नु, वा सास फेर्न समस्या हुने भएमा तुरुन्त अस्पताल जानुपर्छ।

खतराका संकेत

एम्बुलेन्स सेवा उपलब्ध भएमा १०२ मा फोन गर्नुहोस् वा तुरुन्त नजिकको अस्पताल जानुहोस्, यदि:

व्यक्तिलाई जीवनमा पहिलो पटक Seizures (झट्का) आएको हो

Seizures (झट्का) ५ मिनेट वा सोभन्दा बढी समयसम्म चलेको छ

एक Seizures (झट्का) रोकिएपछि होश नआउँदै अर्को Seizures सुरु हुन्छ

Seizure रोकिएपछि पनि व्यक्ति होशमा आउँदैन वा पहिलेको जस्तो सामान्य हुँदैन

सास फेर्न गाह्रो हुन्छ, सास असामान्य हुन्छ, वा ओठ तथा अनुहार निलो, खैरो, वा धेरै फिक्का देखिन्छ

झट्का पर्दा गम्भीर चोट लागेको छ

पानीमा हुँदा झट्का आएको छ जसमा पानी फोक्सोमा गएको हुन सक्छ

गर्भवतीमा Seizure आएको छ वा भर्खर बच्चा जन्माएको छ, वा मधुमेह को समस्या छ

Seizure सँगै धेरै टाउको दुख्ने, ज्वरो, घाँटी कडा हुने, शरीरको एक भाग कमजोर हुने, वा धेरै समय अलमल भइरहने समस्या छ

बच्चालाई पहिलो पटक Seizure आएको छ, बच्चा धेरै अस्वस्थ देखिन्छ, वा Seizure रोकिएपछि पनि असामान्य रूपमा धेरै निदाइरहेको छ

Seizures (झट्का) पर्दा के गर्ने:

शान्त रहनुहोस् र Seizure सुरु भएको समय हेर्नुहोस्।

वरिपरिका धारिला, कडा, वा ताता वस्तु हटाउनुहोस्।

टाउकोमुनि नरम कपडा वा तकिया राख्नुहोस्।

घाँटी वरिपरि कसिएको कपडा खुकुलो पार्नुहोस्।

शरीर समातेर रोक्ने प्रयास नगर्नुहोस्।

मुखमा औँला, चम्चा, साँचो, पानी, खाना, वा औषधि केही पनि नहाल्नुहोस्।

शरीर काप्न रोकिएपछि सुरक्षित भएमा बिस्तारै कोल्टे फर्काउनुहोस्।

पूर्ण रूपमा होशमा आएर आफू कहाँ छ भन्ने बुझ्ने अवस्थासम्म साथमा बस्नुहोस्।

यो पृष्ठले के बताउन सक्दैन

यस पृष्ठमा Seizure बारे सामान्य जानकारी मात्र दिइएको छ। यसले Seizure किन आयो वा व्यक्तिलाई छारे रोग छ कि छैन भन्ने निश्चित गर्न सक्दैन।

झट्का छारे रोग, ज्वरो, रगतमा चिनी कम हुनु, टाउकोमा चोट, संक्रमण, स्ट्रोक, बेहोस हुने समस्या, मदिरा वा लागूपदार्थ छोड्दा हुने असर, गर्भावस्थासम्बन्धी समस्या, वा अन्य कारणले भएको हो कि होइन भन्ने पनि यस पृष्ठले बताउन सक्दैन।

सही कारण पत्ता लगाउन डाक्टरको जाँच आवश्यक हुन्छ।

A seizure can happen for many reasons. Common causes include:

� Epilepsy
� Fever, especially in young children
� Low blood sugar, particularly in people with diabetes
� Head injury
� Brain infection or severe illness
� Stroke or bleeding in the brain
� Alcohol or drug withdrawal
� Lack of sleep, missed epilepsy medicines, or certain medicines
� Pregnancy-related complications, including eclampsia

Seizures matter because they can cause injury, breathing problems, prolonged unconsciousness, or indicate a serious underlying illness. A prolonged seizure can be life-threatening and needs emergency treatment.

किन महत्त्वपूर्ण छ

Seizure आउने केही सामान्य कारणहरू:

छारे रोग (मिर्गी)

ज्वरो, विशेष गरी साना बालबालिकामा

रगतमा चिनी कम हुनु, विशेष गरी मधुमेह भएका व्यक्तिमा

टाउकोमा चोट लाग्नु

मस्तिष्कको संक्रमण वा गम्भीर रूपमा बिरामी हुदा

स्ट्रोक वा मस्तिष्कमा रक्तस्राव हुनु

मदिरा वा लागूपदार्थ छोड्दा हुने एक असर

छारे रोगको औषधि छुट्नु वा पर्याप्त निद्रा नहुनु

गर्भावस्थासम्बन्धी गम्भीर समस्या, जस्तै एक्लाम्पसिया

Seizure आउदा लडेर चोट लाग्न सक्छ, सास फेर्न समस्या हुन सक्छ, वा यो गम्भीर रोगको संकेत पनि हुन सक्छ। लामो समयसम्म Seizure आयो भने ज्यान जोखिममा पर्न सक्छ।

घरमै गर्न सकिने हेरचाह

कसैलाई झट्का पर्दा मुख्य गर्न सकिने कुरा भनेको बिरामीलाई चोट लाग्न नदिनु हो।

झट्का सुरु भएको समय नोट गर्नुहोस्।

टाउको सुरक्षित राख्नुहोस् र वरिपरिका खतरनाक वस्तु हटाउनुहोस्।

व्यक्तिको शरीर बलपूर्वक नसमात्नुहोस्।

मुखमा केही पनि नहाल्नुहोस्। झट्का पर्दा व्यक्तिले जिब्रो टोक्न सक्छ तर कहिले पनि जिब्रो निल्दैन।

व्यक्ति पूर्ण रूपमा होशमा नआएसम्म खाना, पानी, झोल, वा ट्याब्लेट नदिनुहोस्। यी पदार्थ स्वासनलीमा पस्न सक्छन् र निसासिने वा सास फेर्न गाह्रो हुने जोखिम बढाउन सक्छन्।

झट्का रोकिएपछि सुरक्षित भएमा कोल्टे फर्काउनुहोस्।

होश आउँदासम्म साथमा बस्नुहोस् र आश्वस्त पार्नुहोस्।

व्यक्तिसँग डाक्टरले दिएको Seizure को आकस्मिक औषधि छ भने, तालिम पाएको व्यक्तिले मात्र त्यसअनुसार प्रयोग गर्नुहोस्।

छारे रोग भएका व्यक्तिले औषधि नियमित रूपमा, डाक्टरले बताएअनुसार खानुपर्छ। डाक्टरको सल्लाहबिना औषधि अचानक बन्द नगर्नुहोस्।

कहिले डाक्टर देखाउने

तलका अवस्थामा डाक्टर वा योग्य स्वास्थ्यकर्मीसँग जाँच गराउनुहोस्:

अहिले व्यक्ति ठीक भए पनि यदि पहिलो पटक झट्का आएको छ भने डाक्टरलाई जाँच गराउनुहोस्:

छारे रोग भएको व्यक्तिमा Seizure पहिलेभन्दा फरक, लामो, वा धेरै पटक हुन थालेको छ

Seizure रोकिएपछि सामान्य हुन धेरै समय लागिरहेको छ

Seizure पर्दा चोट लागेको, टाउको ठोक्किएको, जिब्रो टोकेको, वा पिसाब चुहिएको छ

नयाँ कमजोरी, बोल्न गाह्रो, धेरै टाउको दुख्ने, ज्वरो, स्मरणशक्तिमा समस्या, वा लामो समयसम्म अलमल हुने समस्या छ

बच्चालाई ज्वरोसँगै Seizure आएको छ वा पटकपटक Seizure आउँछ

छारे रोगको औषधि छुटेको छ, बान्ता वा पखाला भएको छ, वा औषधि शरीरमा बसेको छ कि छैन भन्ने शङ्का छ

गर्भावस्थामा वा बच्चा जन्मिएलगत्तै Seizure आएको छ

आकस्मिक खतरा संकेत भएमा तुरुन्तै बिरामीलाई आकस्मिक कक्ष लैजानुहोस।

A doctor or emergency team may ask:

� What happened before, during, and after the seizure
� How long the seizure lasted
� Whether the person lost consciousness, fell, shook, stared, became stiff, or had unusual movements
� Whether there was tongue biting, incontinence, injury, fever, headache, vomiting, or confusion afterwards
� Whether the person has epilepsy, diabetes, recent illness, head injury, alcohol or drug use, or pregnancy
� Which medicines they take and whether any doses were missed

They may check blood sugar, temperature, blood pressure, oxygen level, heart rhythm, nerve function, and signs of injury.

Tests may include blood tests, an ECG, brain scan, EEG, or infection tests, depending on the situation. A witness description or a short video recorded safely from a distance can sometimes help a specialist understand what happened.

डाक्टरले के जाँच गर्न सक्छन्

डाक्टर वा आकस्मिक उपचार टोलीले यी कुरा सोध्न वा जाँच गर्न सक्छन्:

Seizure आउनुअघि, Seizure पर्दा, र Seizure रोकिएपछि के के भयो (के भयो भन्ने कुराको सटीक विवरण दिने प्रयास गर्नुहोस्।)

Seizures (झट्का) कति समय चल्यो

व्यक्ति ढल्यो कि, होश हरायो कि, शरीर काप्यो कि, शरीर कडा भयो कि, वा एकटक हेरिरहेको थियो कि

जिब्रो टोकेको, पिसाब चुहिएको, चोट लागेको, ज्वरो, टाउको दुखाइ, बान्ता, वा झट्कापछि अलमल भएको थियो कि

छारे रोग, मधुमेह, हालसालै कुनै रोग लागेको थियो, कुनै टाउकोको चोट, मदिरा वा लागूपदार्थको प्रयोग, वा गर्भावस्था छ कि छैन

नियमित औषधिहरु के के छन् र कुनै औषधि छुटेको छ कि छैन

डाक्टरले , तापक्रम, रक्तचाप, अक्सिजनको मात्रा, रगतमा चिनी, मुटुको धड्कन, स्नायु प्रणाली, र चोटपटकका संकेत जाँच गर्न सक्छन्।

अवस्थाअनुसार रगत परीक्षण, ECG, मस्तिष्कको स्क्यान, EEG, वा संक्रमणसम्बन्धी जाँच आवश्यक पर्न सक्छ।

नेपालको सन्दर्भ

पहिलो पटक झट्का आएमा, झट्का ५ मिनेट वा बढी चलेमा, व्यक्ति होशमा नआउँदै फेरि झट्का आएमा, चोट लागेमा, वा सास फेर्न समस्या भएमा तुरुन्त अस्पताल जानुहोस्। एम्बुलेन्स सेवा उपलब्ध भएमा १०२ मा फोन गर्नुहोस्।

छारे रोग भएका व्यक्तिले आफ्नो डाक्टरसँग Seizure हुदा के गर्न सकिन्छ कार्ययोजना छलफल गर्न सक्नुहुन्छ जुन लेखेर राख्न सक्नुहुन्छ। यो औषधिसँगै राख्नुहोस् र परिवारका सदस्य, हेरचाहकर्ता, वा विद्यालयका जिम्मेवार व्यक्तिलाई जानकारी दिनुहोस्।

अस्पताल जाँदा नियमित औषधि, प्रेस्क्रिप्सन, पुराना EEG वा स्क्यान रिपोर्ट, डिस्चार्ज सारांश, र औषधिको एलर्जीसम्बन्धी जानकारी साथमा लैजानुहोस्। तर यी सामान खोज्दै गर्दा अस्पताल जान ढिलाइ नगर्नुहोस्।

राख्न उपयोगी रेकर्डहरू

डाक्टरलाई Seizure बारे बुझ्न सजिलो होस् भनेर यी विवरण राख्नु उपयोगी हुन्छ:

झट्का आएको मितिहरु, समय, र कति समय चल्यो

झट्का आउनुअघि, पर्दा, र रोकिएपछि के के भयो

ज्वरो, अस्वस्थपन, औषधि छुटेको, निद्रा कम भएको, मदिरा, झिलिमिली बत्ती, वा अन्य सम्भावित कारण

होश हराएको, चोट लागेको, जिब्रो टोकेको, वा पिसाब चुहिएको विवरण

पूर्ण रूपमा होशमा आउन कति समय लाग्यो

नियमित औषधि, औषधिको मात्रा, छुटेका औषधि, र औषधिको एलर्जी

पहिले भएका EEG, स्क्यान, अस्पताल भ्रमण, र विशेषज्ञको पत्र

उपलब्ध भएमा, लिखित Seizure को लागि कार्ययोजना

महत्त्वपूर्ण सूचना

यो जानकारी सामान्य स्वास्थ्य जानकारीका लागि मात्र हो। यसलाई डाक्टरको सल्लाह, जाँच, निदान, उपचार वा आपतकालीन सेवाको विकल्पका रूपमा प्रयोग गर्नु हुँदैन।